अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

71

मंसिर ८,
काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएका छन् । ‘प्रिन्स जर्ज काउन्टीमा सोमबार सडक पार गर्ने क्रममा मारिने ती महिला दोस्रो व्यक्ति हुन्’, प्रहरीले भने।

प्रहरीका अनुसार ती महिलालाई सपर्सस्थित चिकित्सा केन्द्र बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कारले ठक्कर दिएको थियो । मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । उनको शव शरीर नेपाल पठाउनको लागि नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए । मृतक आईओएममा कार्यरत थिइन् । उनी आईओएम अन्तरगत दुई महिनाअगाडि अफगानिस्तानबाट अफगानी शरणार्थीहरुसंगै अमेरिका काम गर्न आएकी थिइन् ।