मन्त्री भँडेललाई भ्रामक र काल्पनीक कुरा नगर्न एमालेको चेतावनी

755

मंसिर १,
भक्तपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई नेकपा एमाले चाँगुनारायण नगरकमिटीले चेतावनी दिएको छ । मन्त्री भँडेलले कार्तिक २९ गते नगरकोटमा आयोजित एक कार्यक्रममा एमाले तथा एमालेका नेतामाथि गंभिर तथा झुटो आरोप लगाएको भन्दै नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले चेतावनी दिएका हुन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसको आडमा गैरराजनीतिक, भ्रामक, काल्पनीक कुरा गरी जनतालाई भ्रममा पार्ने दुस्साहस नगर्ने मन्त्री भँडेललाई चेतावनी दिएका हुन् । कुकर्म र कुर्तकको जस्तोसुकै प्रतिरोध र प्रतिवाद गर्ने मन्त्री भँडेललाई चेतावनी दिएको हो । एमालेले विकासका विरोधी, मतियार तथा अपराधिक मानसिकता भएका मन्त्री भँडेलको अभिव्यक्तिलाई उचित जवाफ दिन एमाले तयार रहेको उल्लेख गरेको छ ।