भक्तपुरको एस. एस कलेजले तलब नदिए पछि…..

221

भक्तपुर । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ ।

नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो सम्बन्धमा के कसो भएको हो श्रम ऐन, २०७४ तथा नियमावली, २०७५ मा व्यवस्था भए अनुसार निवेदकको मागलाई सम्बोधन गरी कार्यलयमा लिखित जानकारी दिन पत्रमा उल्लेख गरिएको छ । तर श्रम कार्यालयले पठाएको पत्र कलेजले लिन नमानेको नैन सिंह बताउँछन् ।

नैन सिंह कुँवर उक्त कलेजमा २०७५ साल मंसिरदेखि ०७७ साल चैतसम्म कार्यरत रहेको उनीसँग भएको कागजातले देखाउँछ । नैन सिंहको अनुसार कलेजले कोभिडको कारण देखाउँदै ०७७ साल वैशाखदेखि मंसिरसम्म ७५ प्रतिशत मात्रै तलब दिने र तत्काललाई २५ प्रतिशत दिएर बाँकी ५० प्रतिशत विद्यार्थीले शुल्क बुझाएपछि दिने प्रतिबद्धता गरेको थियो । स्रोत: अनलाइन खबर