खेताला शिक्षक राख्नेको जागिर गयो

517

फागुन ९,
जाजरकोट । जाजरकोटमा खेताला राखेर शिक्षकको जागीर खाने दुई जनाको जागिर गएको छ ।
जिल्लाको नलगाड नगरपालिका वडा ४ मा रहेको भानुभक्त प्राथमिक विद्यालयका शिक्षक कैलाशसिंह खत्री र वडा नं ५ मा रहेको ज्ञानोदय प्राथमिक विद्यालय वाउसीखोलामा कार्यरत शिक्षक वीरजीत घर्तीले लामो समयदेखि खेताला शिक्षक राखेर जागिर खाएको पाईएपछि जागिरबाट अबकास दिईएको नलगाड नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
फागुन १ गतेदेखि लागु हुनेगरि जागिरबाट वरखास्त गरिएको स्रोत व्यक्ति योगेन्द्र आरसीले जानकारी दिए ।