Sunday, September 27, 2026
Home अपराध बाघको छाला, खप्पर, हड्डी बोकेर हिडेपछि…..

बाघको छाला, खप्पर, हड्डी बोकेर हिडेपछि…..

135

भदौ १३,
तनहुँ। प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट २ थान बाघको छाला, बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा.३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरुको सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेको दाबी गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।