माधव नेपाललाई भक्तपुरमा झड्का अध्यक्ष केसीले साथ छाडे

689

भदौं १३,
भक्तपुर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भक्तपुरमा झड्का लागेको छ । विगतमा नेकपा एमालेको समानान्तर कमिटीको भक्तपुर जिल्ला कमिटी अध्यक्ष रहेका रजन केसीले नेपाललाई साथ नदिने भएका छन् । सो कमिटिका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । केसीले भने ‘विभानजनको पक्षमा म छुइन, अन्तर संघर्षको तहसम्म हो । ’१० बुदेँ सहमति भइसक्यो, हिजोभन्दा आज पार्टीभित्र अन्तरसंर्घष गर्न सहजभएका लगायत कुराले अहिले विभाजनमा जानेप्रति आफनो असहमति रहेको केसीको भनाई । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता श्याम सुन्दर बस्नेतले सोमबार १४ गते पार्टीको जिल्ला कमिटीको बैठक बस्ने र त्यसपछि कमिटी पूर्णता पाउने जानकारी दिए । उनले भने ‘रजनजी पार्टीमा नबस्ने निर्णय गर्नुभएको छ, भोलीनै अध्यक्षको टुंगो लाग्छ ।’