पल र गरिमाको माया बसेकै हो त ?

49

साउन २४,
काठमाडौं । नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चाको खबर बजारमा चल्ने गरेको छ । पल र गरिमाले एकसाथ भिडियोमा काम गर्न थालेपछि उनीहरु नजिक भएका थिए । यसपछि भने उनीहरुको प्रेमको खबर निरन्तर रुपमा सार्वजनिक भैरहेको छ । तर, पल र गरिमाले प्रेमको खबरलाई स्विकार भने गरेका छैनन् ।
मंगलबार काठमाडौंमा पल र गरिमा अभिनित ‘एउटा सपना छ’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । सो अवसरमा उपस्थित भएका नायक पल शाहले गरिमासँगको सम्बन्धको बिषयमा भने–‘म गरिमासँग उनको कामको बिषयमा छलफल गर्छु । कसरी कामलाई राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा हाम्रो कुरा हुन्छ । यो बाहेक अरु हामी केही पनि गर्दैनौं ।’

गरिमाले आफूले जीवनसाथी बनाउँदा मन मिल्ने, कुरा मिल्ने मानिस खोज्ने बताइन् । यस्तै, पलले पनि बिहेको बिषयमा कुरा गर्दैै भने–‘कोही मानिससँग बिहेको कुरा गर्दा उसको पृष्ठभूमी भन्दा पनि उसको मन हेरेर म रोज्छु ।’ ‘एउटा सपना छ’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । गीतमा मुन प्रसाँइले स्वर दिएकी छिन् । हरि हुमागाँइले भिडियोको निर्देशन गरेका हुन् ।