मण्डनदेउपुरमा बदेँल, बादँर र बाघको आंतक

468

साउन २३,
काभ्रे । जंगलबाट आहार खोज्दैं आएका बदेँल, बादँर मकै खाने र बाघले खसी÷बाख्रा खाइदिदाँ किसानलाई नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बदेँलले भाचिदिदाँ नोक्सान भएको हो । बादँरले खोस्टा नंगायर मकै खाने भएको उत्पादनमा कमी हुने किसानहरुको भनाई छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ हलेदेँका नविनराज बस्ताकोटीका अनुसार छिट्टै छरेको मकैका बोटमा घोगा लाग्ने समयमा बदेँल आएर नष्ट गरिदिएका छन् । बस्ताकोटीले भने ‘हाम्रो मात्र १७ रोपनीमा बारीमा लगाएको मकै नष्ट भयो ।’ वरपर अन्य दाजुभाई सबैको बारीमा बदेँल परेर हैरान भएको उनले बताए । विगतमा लेकका वन नजिकैकका बारीमा मात्रै हुनेको बदेँलको आंतक बिस्तारै बेशी तिर पनि देखिन थालेको छ ।

अलि चिसो स्थानमा किसानले फागुनको अन्तिम साताबाट नै मकै छर्न थाल्छन् । असोजमा घरमा भित्राउने बालीमा यसरी नोक्सान हुदाँ किसानको लगानी र दुःख दुबै खेर गएको स्थानीयहरुको भनाई छ । बारीमा आएको बदेँलको हुलले कमैका बोट, घोगा खाने कार्य गर्ने गरेको किसानको भनाई छ ।
नियन्त्रण गर्न किसानहरुले विभिन्न उपाय अपनाय पनि त्यो प्रभावकारी नभएको वडा नम्बर १ का जनप्रतिनिधी रामप्रसाद ढकालले बताए । उनले भने ‘बदेँलको मात्र आंतक होइन बादँर पनि थपियो बालि नष्ट गर्न ।’ पशु चौपायलाई बाघले खाईदिदाँ ठुलो रकम घाटा हुनेको छ ।
विगत केही वर्ष यता जंगली जनावरहरुको आंतकले किसानहरुको नोक्सानीमा वृद्धि हुदैं गएको छ । वडासदस्य समेत रहेका ढकालका अनुसार एउटै टोलमा मात्रै ५० रोपनी भन्दा धेरै क्षेत्रफलमा लगाएको मकै नष्ट भयो ।

किसानले दशैंमा बिक्रि गर्ने सोचले पालेका चार वटा खसी बाघले खाइदिदाँ एक लाख बराबरको नोक्सान भएको छ । मण्डनदेउपुरको हलेदेँ, ढाडागाउँ, गैरीगाउँ, गिर्धरे, रानीवन छाप, रोहिनी, चिते, नयाँगाउँलगायतका स्थानमा बर्षेनी बदेँल र बादरको आंतक बढ्न थालेको छ । आहारको खोजीमा बाघ जस्ता जनावार बस्तीमा छिर्दा पशुलाई मात्र नभएर मानिसलाई समेत खतरा हुन थालेको स्थानीयहरुको भनाई छ । सरोकारवाला निकायले वैज्ञानिक र जैविकविधि उपनाएर जंगल जनावरको नियन्त्रण गर्नु पर्ने स्थानीयहरु बताउँछन् ।