सेल्फी खिच्दा युवकको ज्यान गयो

76

असार ५,
काठमाडौं । सेल्फी खिच्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी मोरङमा एक युवकको ज्यान गएको छ । बेग्लै घटनामा अर्का एक भारतीय हात्तीको आक्रमणमा परी घाइते बनेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको नियमित बुलेटिनमा जनाइएअनुसार मोरङको सुनवर्षी नगरपालिका ८, कुरेलीमा २१ वर्षीय एक युवकलाई सेल्फी खिच्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको हो ।
उनलाई बिराटनगरस्थित कोशी अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्राधिकरणले जनाएको छ । मोरङकै रतुवामाई नगरपालिका वडा नम्बर ५, मसानघाटमा भारतबाट आएको हात्तीको आक्रमणमा परी २८ वर्षका अर्का एक युवक घाइते भएका छन् । उता, कास्कीको रुपा गाउँपालिका –७ धारापानीस्थित बारीमा घाँस काट्न गएका दुई पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् ।