सिन्धुबासीको पीडामा चाँगुनारायणको साथ, १५ लाख रुपैयाँ सहयोग

423

असार ५,
भक्तपुर । सिन्धुपाल्चोक जिल्लाक दुई स्थानीय तहलाई चागुँनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन् । शनिबार प्रभावित क्षेत्रमै पुगेर सो सहयोग उपलब्ध गराएको हो । नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै दुई स्थानीय तहलाई गरेर १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको मिश्रले जानकारी दिएका छन् ।

मेलम्ची नगरपालिकलाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले जानकारी दिए । हेलम्बु गाउँपालिकालाई प्रदान गरिने ५ लाख रकमको चेक खाता जम्मा गरिदिन्छौं, सडक संजाल विच्छेद भएकाले जान सकिएन, मिश्रले भने । मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख मिश्रले जानकारी दिए । सो अवसरमा चाँगुनारायणकी उपप्रमुख विना बास्तोलाको समेत उपस्थिती रहेको थियो ।