बजेटः एक पितृ तर्पण

571

-रमेश प्रजापति

”म खास अर्थशास्त्री त होईन तर युवावयमा घुम्ने तलतलले गर्दा र पछि आफै एक पर्यटन ब्यवसायीको रुपमा नेपालको लगभग ७० जिल्ला र बिदेशको १२/१३ वटा देश घुमेर हेर्दा प्रकृति प्रदत्त नेपाल किन अरु देशमा जस्तो बिकास हुन नसकेको होला ? किन तेस्रो विश्वबाट दोस्रो हुदै पहिलो विश्वका अरु राष्ट्रहरुसंग काँधमा काँध मिलाउन नसकिरहेको होला ? किन यी अपार प्राकृतिक स्रोत साधन प्रयोग गर्न असमर्थ भै लाखौं युवा बिदेशको गुलामी गरिरहेको होला ? नेपालको मुहार कसरी फेर्न सकिएला ? जहाँ गए पनि यस्तै यस्तै प्रश्नहरुमा वर्तमान नेतृत्व बर्गप्रति असन्तुष्टि र अन्तमा आफै प्रति फेरी निरासा लाग्न थाल्छ।”

यस्तै मेसोमा गत जेठ १५ गते देशको बिकासको बार्षिक योजना भनुँ वा बर्षको एक पटक पितृ तर्पण गरे जस्तो गरी पस्किने बजेट भाषण प्रस्तुत गरे: 

प्रस्तुत बजेटको बारेमा प्रस्तुतकर्ताहरुको झुण्डहरुले असाध्यै राम्रो अब नेपाल एकै खेपमा पश्चिमी राष्ट्रहरुको हाराहारीमा पुग्ने र बिपक्षमा चुनावमुखी, खप्र गुटको घोषणापत्र जस्तो यावत टिका टिप्पणीहरु भईरहेका छन । म एक साधारण नागरिक र पर्यटन ब्यवसायीको हिसाबमा यो बजेट कस्तो छ त ? यो बजेट मात्र होईन बिगतको बजेट योजनाहरुले नेपालको कुन चाहिँ उल्लेख योग्य बिकास भयो त ? भने सानो टिपोट लेख्ने जमर्को गरेको छु।
यो सानो टिपोट बजेटको सिंगो बिवेचना त हुँदै होईन यस्को ओल्टाई, पल्टाई गरेर यसै हुनु पर्छ भने मत राख्न सक्ने सामर्थ्यवान वा हैसियत भएको ब्यक्ति पनि म होईन तर पनि १२/१३ बर्षको उमेर देखि घरको रेडियोमा बजेटबारे यस्तो, उस्तो भनि सुनि रहेको हुँदा आफुलाई लागेको केहि कुरा राख्ने चेष्टा मात्र गरेको हुँ।

                                                        सकारात्मक सुझावहरुको अपेक्षा सहित।

भर्खर प्रस्तुत बजेटमा के के छ ? 

म अहिले करिब करिब ५० बर्षको हाराहारीमा पुगें। बिगतमा पंचायती ब्यबस्थामा पनि यसरी नै बजेट भाषण हुन्थ्यो र गरिबी निवारण लगायत पंचायती ब्यवस्थाको बजेट योजनाहरुमा आकासपाताल जोड्ने कुराहरु हुन्थे अझ राजा महेन्द्रले त समाजबादी चीन भन्दा अगाडि बढेर वर्ग बिहिन समाज निर्माण गर्छु समेत भन भ्याएको थियो।

बहुदल कालमा पनि नियमित बजेट भाषण प्रस्तुत हुन्थे ती मध्ये मनमोहनको पालामा घोषणा भएको बृद्ध भत्ता र आफ्नो गाउँ आफै बनाऔं भने योजना बाहेक समग्र तात्विक नेपाली जिवनमा फरक भएको पाईंन बृद्ध भत्ताले बृद्धहरुको भरणपोषणमा केहि योगदान अबश्य रहेको छ जो अध्यावधिक चली नै रहेको छ।

समग्रमा भनु पर्दा यो बजेट ३५/३६ बर्ष अघिदेखि सुन्दै आएको पंचायती, बहुदल, गणतन्त्रका अरु सरकारकै निरंन्तरता मात्र हो जस्ले अरु बिचारधारालाई निषेध गरेर आफ्नो हैकम लाद्ने एक हतियारको रुपमा प्रयोग गर्ने अझ एक शब्द थप्नु पर्यो भने खप्र ओलीका आशेपासे पोसेर चुनाव भए आफै जित्ने नभए बजेटको वितरणका आधारमा नयाँ नयाँ अनुहारका कम्पनि र ब्यक्तिहरु पोस्ने बाहेकको बजेट होईन।

यो योजना एक लोकप्रिय र कल्याणकारी अवश्य हो तर कालान्तरमा यसले समग्र राष्ट्रको मुहार फेर्न सक्ने चाहिँ होईन। आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम भने कुनै कुनै ठाउँमा बिकासको कोशेढुंगा नै भएको थियो भने धेरै जसो पहाडी गाउँमा भूक्षयको मुल कारण नै यो योजनाले ल्याएको हो भन्दा पनि फरक नपर्ला।

गणतन्त्रमा पनि नियमित बजेटहरु प्रस्तुत भए प्रचण्डको पालामा मध्य पहाडी लोकमार्ग, एक गाउँ-एक उत्पादन, युवा स्वरोजगार नामक केहि पपुलर योजनाहरु घोषणा गरे ती मध्ये पहाडी लोकमार्ग नेपालको बिकास, ईतिहास र सांस्कृतिक रुपमा छलाङ मार्ने दिर्घकालिन रुपमा कोशेढुंगा साबित भयो भने एक गाउँ एक उत्पादनको मिश्रित परिणाम ल्यायो भने युवा स्वरोजगार त पुरा बिकृत भई कयौँ आशलाग्दा युवाहरुको भ्रष्टीकरण स्मेत भयो।

भर्खर (बैध /अबैध) सरकारले जेठ १५ गते प्रस्तुत बजेट पनि धेरै ॠणात्मक र बितरणमुखी बजेट हो जब सम्म बितरणमुखी बजेटहरु हुन्छन यस्ले आत्मनिर्भर अर्थतन्त्रको बिकास हुनै सक्दैन। यो दृष्टिकोण भनेको १८ औं शताब्दी भन्दा अघिको भूदास संस्कृति हो किसानहरुबाट केन्द्रिकृत कुत उठाउने अनि आसेपासे दासहरु पोसेर सोहि दासहरु मार्फत फेरी आफ्नो अत्याचारको हैकम खडा गर्ने । असाध्यै बिडम्बना हामीले भनै पर्ने हुन्छ कि हामी त्यहि २०० बर्ष पुरानो मानसिकतामा नै रुमलिरहेको जस्तो लाग्छ हामिले हाम्रो लक्ष्य कहिले पनि मापन गर्न सकेकै छैनौं हाम्रो क्षमता र संभावना नै पहिल्याउन नसकेर संधै एकै प्रकारको टाकनटूकन लेप लगाएर बितरणमुखी प्रणालीमा नै रूमलेर बसिरहेका छौं। हाम्रो जस्तो युवा बेरोजगारी अधिक भएको मुलुकमा बितरणमुखी बजेटले उपभोक्ता नामको नयाँ दासहरु पुनराबृत गरेर के गरी रहेको छ भनेर बुझ्न आफ्नै टोल, वडा, गापा नपाको अबस्था बुझे काफि हुन्न र ?

धन्न यो बजेटमा मेलम्चीको नाम पढनु नपरे पनि बिजुली बस, हुलाकी मार्ग, १० वटा नाका जोड्ने, हिमाली मार्ग, सुरुङ मार्ग, स्मार्ट सिटी अनेक कुराहरु हरेक बर्ष सुन्दा सुन्दा कानै पाकिसकेको छ तर बजेट पढ्ने मन्त्रिहरुको मुख थाकेको छैन।
अझ स्काई रेल, मेट्रोका कुरा थन्काए पनि पानीजहाज र पोर्टको कुराहरु चाहिँ छुट्याएको छैन है।

हामीलाई मौलिकता, संस्कृति र खेतीयोग्य जमिन मासेर बनाउने स्मार्ट सिटी होईन हामिलाई चाहिने आधुनिक गाऊँ हो जस्ले गर्दा अहिले शहरकेन्द्रित जनघनत्व कम होस् त्यसको लागि यातायात र बाटो मुख्य आधारभुत कुरा हुन अनि शिक्षा र स्वास्थ्य कुरा राज्यले ग्यारेन्टी गरेको खण्डमा कोहि पनि घोर हण्डर खान शहर पस्दैन यी कुराहरु बजेटको प्राथमिकतामा पर्नु पर्ने हो तर यो बजेटमा यी कुराहरु भन्दा पनि एउटै जिल्लामा ४ वटा एअरपोर्ट अनि उपत्यकामा स्मार्ट सिटी, क्रिकेट ग्राउण्ड अन्तर्राष्ट्रिय सभा भवनहरु रंगशालाहरुको कुराहरु बढी छन।

कोभिडको महामारीको बिचमा प्रस्तुत बजेट स्वास्थ्यमा जोड दिनु पर्नेमा जनताको जिवन बचाउने खोप र अन्य स्वास्थ्य सामाग्रीको लागि (भलै यो खोप पोलिसिमा अर्कै कूटिलता पनि जोडेको हुनु पर्छ सजग हुनु आवश्यक छ) राष्ट्रपति अघि सारेर संसारसंग गुहार माग्ने अनि देशको युवाहरु जो कोरोनाले बिचलित छ काम पाएका छैन, भएका रोजगारी गुमेको छ बैदेशिक रोजगारमा गएका युवाहरु बिदेशमा अनेक त्रास र शोकमा छन तिनिहरुको तनाव ब्यबस्थापन र राहतमा चुइक्क नबोल्ने र प्राइभेट स्कुलका शिक्षक र देशभरीका विद्यार्थीहरु बारेमा २५ लाखे आकाशको फल झुण्याए पनि यो बजेटले उनिहरुका समस्याको छेउंटुपो पनि नछोईकन नेपालको भ्रष्ट ब्युरोक्रेसी जो सत्ताको लागि नभई नहुने हतियार हो उनिहरुलाई भने केहि खुशी पार्न खोजेकै छ।

पर्यटन ब्यवसायीको लागि यो बजेटमा केहि नबिकरण छुट बाहेक घर बहाल मिनाह, बैंक ब्याज मिनाहका कुराहरु बारे पनि मौन छ। कृषि र किसानको धेरै कुरा गरेर साध्यै हुँदैन १२ अर्बको मलमा अनुदान रे तर मल कारखाना स्थापनाको बारेमा चुईंकै नबोल्ने यो बजेट पनि बिगतका बजेटहरु जस्तै कृषि र किसानमारा बजेट नै हो भन्दा फरक नपर्ला।

समग्रमा भनु पर्दा यो बजेट ३५/३६ बर्ष अघिदेखि सुन्दै आएको पंचायती, बहुदल, गणतन्त्रका अरु सरकारकै निरंन्तरता मात्र हो जस्ले अरु बिचारधारालाई निषेध गरेर आफ्नो हैकम लाद्ने एक हतियारको रुपमा प्रयोग गर्ने अझ एक शब्द थप्नु पर्यो भने खप्र ओलीका आशेपासे पोसेर चुनाव भए आफै जित्ने नभए बजेटको वितरणका आधारमा नयाँ नयाँ अनुहारका कम्पनि र ब्यक्तिहरु पोस्ने बाहेकको बजेट होईन।

मैले अपेक्षा गरेको बजेट

मुगु,बझाङ बाजुरा जस्ता कम जनसंख्या भएका जिल्लाहरुमा सुबिधा सम्पन्न ह्युमन सेटलमेण्टहरु बनाउने र बाँकी भूभागहरुमा ठुलो ठुलो चरण उद्योगहरुको बिकास गर्ने र लाखौं चरण कृषकहरुलाई रोजगार दिने। ती चरणबाट उत्पादित पशु र पशुजन्य सामानहरुबाट उत्पादन हुने मौलिक र आधुनिक सामाग्रीको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने।

बैज्ञानिक महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र जस्तै हरेक प्रदेशमा देशलाई आवश्यक पर्ने सामानहरु उत्पादन गर्ने केन्द्रहरुको स्थापना र एक आधुनिक टेक्निसियनहरु सम्मिलित बोर्डको गठन।

– डा.सन्दुक रुईतले निर्माण गरिरहेको लेन्सलाई अझ प्रभावकारी ढंगले बिश्वबजारीकरण र हरेक प्रदेशमा आँखा केन्द्रको स्थापना।

-हरेक प्रदेशमा टिचिङ अस्पताल जस्तै सुबिधा सम्पन्न अस्पताल
– हरेक प्रदेशमा गंगालाल जस्तै मुटुरोग केन्द्र र क्यान्सर र डायलाशिस सेन्टरहरुको स्थापना
डा.गोबिन्द केसि, डा. भगवान कोइराला, डा. पुकार श्रेष्ठ, डा.अरुणा उप्रेती, बिज्ञ र अभियन्ताहरु सम्मिलित स्वास्थ्य बोर्ड गठन।

-सम्पुर्ण प्राइभेट स्कुल र कलेज खारेज र हाल प्राइभेट स्कुलको भौतिक पुर्वाधार उचित मुल्यमा सरकारीकरण र कार्यरत शिक्षकहरु स्वतः सरकारी
नियुक्ति तथा पाठ्यक्रममा देशैभरी एकरुपता।

-प्रा.केदारभक्त माथेमा, राजु बज्राचार्य जस्ता बिज्ञ र अभियन्ताहरु सम्मिलित शैक्षिक बोर्ड गठन ।

– कृषि मलमा १२ अर्ब अनुदानको साटो आफ्नै कृषि मल कारखानाको स्थापना १०००० औं लाई रोजगारी दिने।

-हुम्लाका धर्म बुढा, मुगुका सन्तु नेपाली, डोल्पाका कर्मा भोटे जुम्लाका रामकृष्ण बुढा थापाहरु जस्तै देशैभरीका कमसेकम १०० जना स्थानिय पाका सम्मिलित जडिबुटी खेतीकर्मीहरु सम्मिलित बोर्ड गठन गरी जडिबुटी खेती गर्ने ५०००० औं रोजगारी दिने।

-संकलित जडिबुटी प्रसोधन केन्द्र खोल्ने २०००० रोजगारी दिने र औषधी उत्पादन कारखाना र सरकारको आफ्नै बिक्री केन्द्रहरुबाट बिक्री वितरण गर्ने।

आधुनिक कृषिमा आमुल परिवर्तन ल्याउने
पुण्य चौधरी-            मत्स्य पालक
योगेन्द्र खड्का-         बाख्रा पालक
छाम थापा बंगुर-       पालक
राजेन्द्रराज पाण्डे-     गाईं पालक
कृष्ण कंडेल-          टर्कि  पालक
सिपी शर्मा-          अष्ट्रिच  पालक
गंगाराम अर्याल-    कुखुरा पालक
कालु हमाल-        केरा खेती
लोकेन्द्र विष्ट-      ड्रागन फ्रुट
युवराज गुरुङ-       स्याउ खेती
कृष्ण घिमिरे-       कफि खेती
डम्बर कटुवाल-     चिया खेती

तथा अन्य किसानहरु लगायतका महानुभावहरु सम्मिलित कृषि बोर्ड गठन गरी देशभरी आधुनिक र नगदे कृषि उत्पादनमा जोड दिने कृषिको परनिर्भरता जो लाजमर्दो भैरहेको छ ४र५ बर्षमा पुर्णतः स्वनिर्भर हुने लाखौं जनतालाई आफ्नै पेशामा रम्न र आत्मनिर्भर हुने वातावरण तयार गर्ने।
-हरेक स्थानिय निकायमा एक कृषि उत्पादन बिक्री केन्द्रको स्थापना।

बहु आयामिक पर्यटनको लागि त हाम्रो नेपाल स्वर्ग नै हो तर यो ब्यवसायलाई केवल कर उठाउने माध्यम बाहेक सरकारी भूमिका सुन्य नै भने पनि हुन्छ। जे गरी रहेको छ सबै ब्यवसायीहरुले नै गरिरहेको छ भन्दा फरक नपर्ला एक नाथम मात्र भएर पुग्दैन पर्यटन युनिभर्सिटी नि आवश्यक छ अनि हामिलाई चाहिने प्रकारका मानविय स्रोत साधनको पुर्ति हुन्छ। नेपालको बहुभाषिक, बहुजातीय, बहु संस्कृति र भौगोलिक बिभिन्नता नेपालको समस्या होईन यी मल्टीडाईभर्सिटी त हाम्रो अमुल्य खजाना हो यो सानो भुगोलमा संसारभरीको बिबिधता पाउनु भनेको हामि कम्ता भाग्यमानी हौं र तर पुस्तौं पुस्ता बित्दा पनि ईच्छा शक्ति नभएका हुतिहाराहरुले गर्दा देशलाई कायापलट गर्न सक्ने प्रचुर सम्भावना बोकेको यो क्षेत्र गोजिको मान्छे घुसाउने र लठैतहरु पाल्ने मात्रै काम भईरहेको छ यो मामिलामा प्रस्तुत बजेट पनि अघिलो बजेटहरु जस्तै अमिलो नै छ।
      धन्यबाद
भक्तपुर