मध्यपुरका सहकारीद्वारा नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

195

जेठ १५,
भक्तपुर । मध्यपुर थिमिमा संचालित विभिन्न ४ वटा सहकारी संस्थाहरुले मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, थिमिलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आज अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वास्थ्य सामग्री पेसेन्ट मनिटर ४ थान अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सहकारीका अध्यक्षहरुले हस्तान्तरण गरेको थिए । स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन् ।

सो कार्यक्रममा अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोभिड– १९ को दास्रो लहरले यस भेगमा पनि संक्रमितहरुको संख्यामा बृद्धि भएको र सो बृद्धिलाई अस्पतालको स्रोत र साधनले भ्यायसम्म उपचार गरी जनताको ज्यान बचाउन लागि परेको जानकारी दिनुभयो । उहा“ले यस नगरको सहकारीहरुको स्वास्थ्य सामग्री अन्तरगतको पेसेन्ट मनिटरको सहयोगले विरामीको उपचार गर्न चिकित्सकहरुलाई सहज र निर्णय लिन मदत पुग्ने विश्वास ब्यक्त
गर्दै सहयोगी सहकारी संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

सहकारीहरुको तर्फबाट बाबा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरले नेपालभर समेत प्रभावित भैरहेको अवस्थामा भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका क्षेत्र पनि अति प्रभावित भैरहेको कुरासहकारी संस्थाहरु भुक्तभोगी रहेको जानकारी दिनुभयो । उहा“ले अस्पतालहरुमा स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व तथा महामारीको समयमा राज्यको स्रोत र साधनले मात्र पर्याप्त नहुने कुरालाई मध्यनगर राख्दै कोभिड १९ को नियन्त्रण र उपचारको लागि स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा सहयोगी सहकारीका संचालकहरु, उपसमितिका सदस्यहरु समेत उपस्थिति रहको थियो ।