Thursday, September 24, 2026
Home राजनीति विपक्षी गठबन्धनद्वारा लुम्बिनीमा विशेष अधिवेशन बोलाउन माग

विपक्षी गठबन्धनद्वारा लुम्बिनीमा विशेष अधिवेशन बोलाउन माग

337

बैशाख २६,

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलले विशेष अधिवेशनको लागि समावेदन गरेका छन्।

विपक्षी दलहरुले सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आव्हानको गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४० सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

विपक्षी गठबन्धनले पोखरेललाई गरिएको मुख्यमन्त्री पुनर्नियुक्ति प्रक्रियासम्वत नरहेको बताउँदै आएका छन्। उनीहरूले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरेका छन्। पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो।