Friday, October 2, 2026
Home राजनीति देउवालाई भेटेर बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

देउवालाई भेटेर बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

360

बैशाख २६,

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको जनाइएको छ।

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए। भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डाक्टर सुरेन्द्रकुमार झाले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने संकेत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताए।

प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन्।