फिल्म ‘जुनेली’ युटुवमा सार्वजनिक

156

काठमाडौँ । सर्ट फिल्म ‘जुनेली’ सार्वजनिक भएको छ । थिएटर भिलेजका कलाकार रणदीलिपले कवितलाई लघु फिल्मको रुपमा प्रस्तुत गरेका हुन् । दीलिप स्वयंले लेखेको कवितामा प्रेमिकालाई जुनसँग तुलना गरिएको छ । फिल्ममा बियोगान्तक प्रेमकथा देखाइएको छ । फिल्ममा रण दीलिपका अलवा देशना थापा मगर, साजन कुमार सुनुवार, सौरभी राजभण्डारी, किरण खतिवडा र आयुष बोहराको समेत अभिनय रहेको छ । रणदीलिपकै निर्देशन रहेको फिल्म ‘जुनेली’को छायांकन विजय ताम्राकारले गरेका हुन्, भने सम्पादन रामकृष्ण परियार र विजय ताम्राकारको छ ।