वडा कार्यालयमा शंकास्पद बस्तु फेला

77
सांकेतीक तस्विर

जेठ १५,
बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली गएको छ । सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ । २ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो ।