चाँगुनारायणमा ‘मेयर उद्यमी कार्यक्रम’मा कति जनाले ऋण पाउँछन्

251

माघ १५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाका युवाहरुलाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषदले सहयोग गर्ने भएको छ । नगरपालिकाको सातौं नगर परिषदबाट पारित भएको मेयर उद्यमशीलता कार्यक्रम अन्र्तगत व्यवसाय गर्न चाहाने युवालाई विना ब्याज, विना धितो ३ लाख रुपैयाँँसम्म ऋण दिने कुरा पारित भएको थियो । सोही अनुसार नगरपालिकाको सूचना प्रकाशित गरेर युवाहरुलाई आवहन गरेको थियो । सो अनुसार १ हजार १२ जना युवाहरुले उद्यमी बन्ने चाहाना राखेका छन् । तर, सबैलाई एकै पटक समेट्न नसक्ने भएकाले क्रमशः यो आर्थिक वर्षमा ३ सय जनालाई उद्यमी बनाउने नगरपालिका र युवा परिषदबीच सम्झौता भएको छ । आगामी वर्ष थप ३ सय युवालाई स्वरोजगार बनाउने दुई संस्थाबीच सहमति भएको हो ।

परिषदको कार्यालय सानोथिमि भक्तपुरमा बुधबार एक कार्यक्रमकाबीच चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुंगेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । उद्यमी बन्नेलाई पहिलो चरणबाट छनोट गरेर मानसिक र व्यवसायीक रुपमा तयार बनाउने र ऋणकोलागि विभिन्न बैंकसंग सहकार्य गर्ने युवा परिषदका कार्यकारी अध्यक्ष ढुंगेलले बताए ।
युवाहरुलाई तालिम दिने र सिप सिकाउन अन्य निकायसंग समन्वय गर्न हामीले यो सम्झौता गरेका हौं भन्दै ढुंगेलले भने ‘युवालाई विदेश पलायन हुनबाट रोक्न विभिन्न कार्यक्रम गर्दै आएका छौं ।’
नगरपालिकाका प्रमुख मिश्रले युवाहरुलाई आफ्नै गाउँमा रोजगारी दिने कार्यमा लागि रहेको र सहुलियत ऋण, सिपमुलक तालिमजस्ता विषयमा नगरपालिका योजना बनाएर अगाडी बढेको जानकारी दिए ।
उनले भने ‘नगरपालिकाले आफैं युवाहरुको छनोट गरेर स्वरोजगार बनाउने भन्दापनि विज्ञसंगको परामर्शबाटनै मेयर उद्यमशीलताकालागि युवाहरु छानिने छन् । ’

१ हजार १२ जनाबाट क्रमश ६ सय जनालाई छनोट गर्ने र पहिलो चरणमा नेपाल बैंकसंग भएको सम्झौता अनुसार ३ सय जनालाई ऋण दिईने छ, नगरप्रमुख मिश्रले भने ।
२ सय ५० जना मात्र युवा एक वर्षमा काम सूरु गरेर उद्यमी भएमा मात्रै पनि नगरपालिका सकारात्मक सन्देश प्रवाह हुने नगरप्रमुख मिश्रको विश्वास रहेको छ । उद्यमीमा छनोट भएका युवाले पाँच वर्षभित्रमा क्रमशः सावा भने सम्बन्धीत बैंकलाई फिर्ता गर्नु पर्ने छ उक्त कार्यक्रममा चाँगुनारायणकी उपप्रमुख विना बास्तोला, चाँगुनारायणका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकार, परिषदका प्रमुख प्रशासकिय अधिकृत डाक्टर बाबुरमा ढुंगानालगायतको उपस्थिती रहेको थियो ।