प्रधानमन्त्रीलाई अदालतको आदेशः लिखित जवाफसहित उपस्थित हुनु

161

माघ १५,
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो रु भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले वारेस राखेर जवाफ दिन पाइँदैन, अदालतमा आफैं पेश गर्नुपर्छ।’ -अनलाइनखबर