होमस्टे संचालन सम्बन्धी मापदण्ड निर्माण हुने

296

पुस १९,
भक्तपुर । प्राकृतिक र सांस्कृति सम्पादको धनी नेपालका धेरै ग्रामिण क्षेत्रहरुमा पर्यटनबाट देश र जनताको आर्थिक स्तर उकास्न सकिने सरोकारवालाहरुको भनाई रहेको छ । भक्तपुरको नगरकोट सामुदायिक होमस्टे बास्तोलागाउँमा होमस्टे संचालनको लागि के कस्तो मापदण्ड निर्माण गर्ने, कस्ता सुझाव दिने भन्ने विषयमा दुई दिने अन्र्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो ।
नेपालका ३९ जिल्लाका १ सय २५ स्थानमा घरबास होमस्टे दर्ता गरेर नै संचालनमा आएको जानकारी होमस्टे एशोसियन नेपालले दिएको छ । जसमा जसमा प्रदेश नम्बर २ मा दुई रहका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म कुनै होमस्टे दर्ता नभएको एशोसिएनका अध्यक्ष भिम बहादुर के.सीले जानकारी दिएका छन् ।

३ नम्बर प्रदेशका १३ जिल्लामा एक–एक स्थानमा थप नयाँ होमस्टे यो आर्थिक वर्ष भित्र संचालन गर्ने तयारी समेत रहेको छ ।
प्रदेश सरकारले ३ नम्बर प्रदेशमा होम स्टे (घरबास) संचालन सम्बन्धी मापदण्ड निर्माण गर्ने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको पर्यटन विकाश आयोजनाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
अन्र्तक्रियाले होमस्टे संचालन कार्यविधी २०७५, प्रदेश न . ३ को मस्यौदा माथी दफाबार छलफल गरि मन्त्रीपरिसद बैठकमा लाने निर्णय गरेको हो । कार्यक्रमको उद्घाटन समारोहमा ३ नम्बर प्रदेश संसदको पर्यटन उपसमितिका संयोजक कुसुमकुमार कार्की, उपसंयोजक प्रतिमा श्रेष्ठ, सांसद सरस्वती बाटी, होमस्टे एसोसिएनका केन्द्रिय अध्यक्ष भिम बहादुर के.सिलगायतले होमस्टेलाई व्यवस्थीत गर्दै ग्रामीण पर्यटनको विकाश गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रममा होसानका केन्द्रिय, ३ नम्बर प्रदेश स्तरिय, होमस्टे संचालकहरु गरि करिब ४० जनाको सहभागिता रहेको जानकारी नगरकोट सामुदायिक होमस्टे अध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् ।