प्रभु लाइफ इन्सुरेन्सको उत्कृष्ट अभिकर्ता सम्मानित

359

मंसिर २१,
बनेपा । प्रभु लाइफ इन्सुरेन्सले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । शाखा कार्यालय बनेपाले कम्पनिको बागमती प्रदेश प्रमुख सागर केसीको प्रमुख आतिथ्यतामा २४ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो । साउन, भदौ र असोजमा उत्कृष्ट व्यवसायले गर्नेलाई सम्मान गरेको बनेपा शाखा प्रमुख मणि तिमल्सिनाले जानकारी दिएका छन् । चियरमेन क्लब मेम्वर तथा सिनियर एजेन्सी म्यानेन्जर ओम घिमिरे, सिनियर एजेन्सी म्यानेन्जर अशोक खत्री, सिनियर एजेन्सी म्यानेन्जर तथा सिइओ क्लब मेम्वर रोशन श्रेष्ठ, सिनियर एजेन्सी म्यानेन्जर सरिता कर्माचार्य, अभिकर्ता जगदिश कार्कीलगायतलाई सम्मान गरेको छ ।