९ महिनादेखि विमानस्थलमै थन्किए दुई दर्जन हेलिकोप्टर

212

मंसिर २०
काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ । नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन बन्द भएपछि हेलिकप्टरहरु थन्किए ।

हेलिकोप्टर सोसाइटी अफ ९नेपाल०का अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गए पनि दुईवटा हेलिकोप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकोप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकोप्टर काठमाडौं विमानस्थलमा थन्किएका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपाने पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म ती हेलिकोप्टर उड्ने सम्भावना देख्दैनन् । उनका अनुसार, सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि हेलिकोप्टर सेवामा धमाधम लगानी थपिएको थियो ।