नागार्जुन नगरपालिकाद्धारा अग्नि नियन्त्रण यन्त्र वितरण

171

मंसिर १४,
काठमाडौं । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण गरेको छ । पहिला गाउँ भएको नागार्जुन क्षेत्र दैनिक सहरीकरण बढ्दै गएकाले आगलागीको जोखिमबाट बच्चनका लागि नगरपालिकाले अग्नि नियन्त्रण यन्त्र वितरण गरेको हो । नगरपालिकाले सबै वडामा अग्नि नियन्त्रण यन्त्र वितरण गर्ने योजना बनाएको छ । अग्नि नियन्त्रण यन्त्र स्थानीयलाई वितरण गर्दै नेपाली काँग्रेसका नेता एवं पूवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगलागिबाट बच्चनका लागि नगरपालिकाले वितरण गरेको अग्नि नियन्त्रण यन्त्रको उचित सदुपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले अन्य नगरपालिकाको तुलनामा नागार्जुन नगरपालिकाले अनुकरणीय काम गरेको स्मरण गर्दै नेता सिंहले भन्नुभयो “ नागार्जुन नगरपालिकाको कामबाट अन्य नगरपालिकाले सिक्नुपर्छ ।”
जनप्रतिनिधि स्थानीयको दुःखसुखको साथी बन्नुपर्ने चर्चा गर्दै सिंहले अग्नी नियन्त्रण यन्त्र जस्तै अन्य अत्यावश्यक सामाग्री नरपालिकाले स्थानीयतलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारको आपसी समन्वयको अभावमा कतिपय समस्या स्थानीयले भोग्नु परेको चर्चा गर्दै उहाँले सरकार जनताको समस्या भन्दा पनि आन्तरिक समस्यामै रुमलिएको बताउनुभयो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नागार्जुन नगरपालिकाले विकास निर्माणको काममा तिब्रता दिएको भन्दै नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले एक घर एक अग्नि नियन्त्रण यन्त्र वितरण, एक लाख फलफूलका बिरुवा वितरण, सुत्केरी महिलालाई छ महिनासम्म आइरन चक्की लगायतका औषधी वितरण काम गरेको बताउनुभयो । नागरिकका हरेक समस्या समाधान गर्ने गरी नगरपालिकाले काम गरिरहेको नगर प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो । सो अवसरमा वागमती प्रदेशसभाका सदस्य प्रकाश श्रेष्ठले नगरपालिकाले गरेको काममा स्थानीय नागरिक सन्तुष्ट भएको बताउनुभयो ।