Saturday, October 3, 2026
Home समाचार चीनका रक्षामन्त्री आज नेपाल आउँदै

चीनका रक्षामन्त्री आज नेपाल आउँदै

154

मंसिर १४,

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् ।फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।