चित्रबहादुर केसीको उपचारमा सरकारले खर्च गर्ने

कार्तिक २७,
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।
कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । अर्थ मन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

मन्त्री पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिँदै लेख्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’ राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु। केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको तथा निमोनियासमेत भएकाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।