भक्तपुरमा चुनादेवी माविको नयाँ भवन शिलान्यास

617

कार्तिक ५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अबको १० वर्षमा नीजि (संस्थागत) विद्यालय बन्द हुने बताएका छन् । वडा नम्बर ६, गड्गडेस्थित चुनादेवी माविको नयाँ निर्माण हुने भवनको बुधबार शिलान्यास गर्दै उनले भने ‘मैले नीजि विद्यालयका संचालनकहरु समक्ष भनेको छु अब दश वर्षमा तपाईको स्कुल बन्द हुन्छ’ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न, विद्यार्थी संख्या बढाउन विभिन्न कार्यक्रमहरु संचालन गरेकाले क्रमशः विद्यार्थी नीजि विद्यालय छाडेर सामुदायिकमा आउने नगरप्रमुख मिश्रको विश्वास छ ।

गुणस्तर बनेको अग्लो र ठुलो भवन हैन भन्दै मिश्रले त्यसकालागि संचालक समिति, प्रअ, शिक्षक, अभिभावकसबै एक साथ मिलेर सामुदायिक विद्यालय राम्रो बनाउन लाग्नु पर्ने उनको भनाई छ ।
चाँगुनारायणमा छोरीहरुले स्कुल जान नछोडुन भनेर ‘छोरीको बचत खाता’ कार्यक्रम सुरु गरिएको छ, नगरप्रमुख मिश्रले भने । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सन्ते वाइवा, व्यवस्थापन समितिका विष्णु तामाङ्ग, विद्यालयकी प्रधानाध्यापक नानुमैयाँ गिरीलगायतले सबैले मिलेर नै सामुदायिक विद्यालयलाई आर्कषक बनाउन लाग्नु पर्ने बताएका छन् ।

उक्त नयाँ निमार्ण हुने भवनकालागि नेपाल सरकारको १७.६ प्रतिशत, वैदेशिक ऋण ७४.९ प्रतिशत र वैदेशिक सहायता ७.५ प्रतिशत रकम लगानि हुने छ । मुल्य अभिवृद्धि कर बाहेक ३ करोड १८ लाख ४१ हजार ६ सय ७४ रुपैयाँमा २ तल्ले ९ कोठाको भवन निर्माण हुने जानकारी विद्यालयले दिएको छ ।
शर्मा– खानि जेभिले निर्माणको जिम्मेवारी पाएको उक्त भवन २०७८ साल माघ २६ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।