नेकपा प्रमुख सचेतक देव गुरुङलाई कोरोना

249

असोज २७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार पीसीआर गराएका गुरुङको सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएको हो । आफूलाई कोरोनाका सामान्य लक्षण देखिएको र होमक्वारेन्टाइनमै बसिरहेको गुरुङले बताए ।
संघीय सांसदसमेत रहेकी गुरुङ पत्नी यसोदा सुवेदीको भने कोरोना रिपोर्ट आउन बाँकी छ ।