नेकपा कर्णाली प्रदेश पदाधिकारीलाई काठमाडौं बोलाइयो

208

असोज २७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका छन् । कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली(प्रचण्डको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ ।