कविता: दुश्मन मन

447

राजकुमार लामिछाने ‘ प्रीन्स ‘

मलाइ भुलेर जानेलाइ नै
जब सम्झिरहन्छ यो मनले
दुश्मनी त मेरो
यहि मनसंग छ ।
जस्ले फ्याक्यो रद्दिको टोकरीमा
मेरो प्रेमको कोपिला
उस्लाइ नै राख्न थालेपछी मनले
दुश्मनी त मेरो
यहि मनसंग छ ।

साना साना सपनाले
सपनामै सजाएको
त्यो सपनाको महल
सपनामा नि नचिताएको बेला
तोडेर जानेलाइ नै
यो मनले सजाएर अझै राखेपछि
दुश्मनी त मेरो
यहि मनसँग छ ।

नौनी जस्तो कोमल मन
धोका रुपि पत्थरले
सिसा जस्तै चरचर
चर्काएर जानेलाइ नै
कमल फुल मानी
निलकाँडालाइ जतन गरि
जगेर्ना गरेको देख्दा यो मनले
दुश्मनी त मेरो
यहि मनसँग छ ।

आस मार्नेकै
आस गर्ने मन
याद गर
म तलाइ नि मार्दिन सक्छु
त मरिस भने सायद
म पनि बाँच्ने छैन
त दुख्दा सायद
म पनि हाँस्ने छैन
तेरो तड्पनमा सायद
म नाँच्ने छैन
र पनि
सद्दे मान्छेलाइ
पागल भनेर
पागल नै बनाएर
जानेलाइ
पागलसरी खोजिरहन्छ भने यो मनले
दुश्मनी त मेरो
यहि मनसँग छ ।।।
  २०७७ असोज २७