असोज २५,
काठमाडौं । सरकारसँग ८ बुँदे सहमतिपछि चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीलेआज अनशन तोड्ने भएका छन् । गएराति सरकार र अनशनरत डा।केसीबीच सहमति भएको हो । सरकार र केसीको वार्ता समितिबीच सहमति भएपछि डा।केसीले आज बिहान आयोजना गरेर अनशन तोड्ने भएका हुन् । जुम्लाबाट डा.केसीले १९ औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।
बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा।केसी १९ औं पटक अनशन बसेका थिए ।