Wednesday, October 7, 2026
Home प्रदेश चाँगुनारायण नगरपालिकाको सातौं नगरसभा सुरुः नगरमै श्रम पसिना, नगरमै रोजगारी कार्यक्रम लागू...

चाँगुनारायण नगरपालिकाको सातौं नगरसभा सुरुः नगरमै श्रम पसिना, नगरमै रोजगारी कार्यक्रम लागू गरिने

430

असार ८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सातौं नगरसभा सुरु भएको छ । सोमबार खरिपाटी स्थित विद्युत प्राद्यिकरणको सभा हलमा सुरु भएको सातौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गदै उपप्रमुख विणा बास्तोलाले नगरमै श्रम पसिना, नगरमै रोजगारी कार्यक्रम लागू गरिने बताएकी छिन् ।

यस अन्तर्गत आत्मनिर्भर नगर बनाउने लक्ष्यका लागि रोजगारी सिर्जना गर्ने आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र नगरको क्षमता बृद्धि गर्ने नीति लिएको छ । औद्योगिक क्षेत्रमा लगानी बढाउन तथा स्थानीय उद्योग धन्दालाई प्रोत्साहन गर्न आवश्यक नितिगत कानूनी तथा प्रशासनिक सुधारको प्रयासहरु थालनी गरिने जानकारी दिएको छ । बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम लागु गरिने, यसले सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा र सुरक्षित भविष्य निर्माणमा सहयोग र बालविवाह निरुत्साहन हुने विश्वास नगरपालिकाले गरेको छ ।

नगरपालिका क्षेत्रभित्र विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई अनिवार्य विद्यालयमा भर्ना शत प्रतिशत भएकोमा सो लाई निरन्तरता दिई गुणस्तरीय शिक्षा प्रदान गरिनेछ, उपप्रमुख बास्तोलाले भनिन् । सोमबार र मंलगबार संचालन हुने नगरसभाले नीति तथा कार्यक्रममा छलफलपछि आगामी आर्थिक वर्ष २०७७/०७८का लागि बजेट समेत विनियोजित गर्ने नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन् ।