१० हजार पीसीआर परीक्षणः १ हजार २०७ कोरोना संक्रमित थपिए

189

असोज १०,
काठमाडौं । नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।