नेविसंघको मागः बालिकाको हत्यारालाई कडा सजाए होस

247

असोज १०,
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो । अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।