Thursday, October 1, 2026
Home समाचार वीरगञ्जमा पेस्तोलको म्याग्जिनसहित एक पक्राउ

वीरगञ्जमा पेस्तोलको म्याग्जिनसहित एक पक्राउ

73

भदौ १९,
वीरगञ्ज । प्रहरीले पेस्तोलको म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १६ बस्ने जगा दास तत्माको २६ वर्षीय छोरा सन्तोष दास तत्मा ‘सत्यराज योगी’ रहेका छन्। मंगलबार राति १०:१० बजे उनको घरको कोठामा खानतलाशी गर्दा पेस्तोलको म्याग्जिन थान-१ र पेनड्राइभ थान-१ बरामद भएको प्रहरीले जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।