सरकार गैरजिम्मेवार बन्दा झडप

222

भदौ १९,
काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा मालेले भदौ १७ गते बुधवार राती आएको पहिरो र बाढीले बाग्लुङ जिल्लाको ढोरपाटन नपा ९ मा भएको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । महासचिव मैनालीले विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपदमा परेर मृत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेको छ । साथै सो पार्टीले सरकारसँग पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उसले देशका विभिन्न स्थानमा बाढीले पु¥याउने क्षतिको सम्बन्धमा पूर्वअध्ययन र अनुमान गरी क्षतिको न्यूनिकरण गर्ने सम्बन्धमा समयमै कार्य गर्न ध्यानाकर्षण गराएको छ ।