Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय महिला टपलेस हुन सक्छन् वा सक्दैनन्

महिला टपलेस हुन सक्छन् वा सक्दैनन्

155

भदौ ११,
फ्रान्समा केहि दिन अघि केही महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाई (टपलेस) समुद्र तटमा सुतेको विषयले व्यापक चर्चा बटुलेको छ । यो विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिनु परेको छ । वास्तवमा अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई केही प्रहरीले आफ्नो शरीर ढाक्न भनेका थिए ।

प्रहरीले यो कदम एक परिवारको ऊजुरी पछि उठाएको थियो जसलाई महिला टपलेस हुनुमा आपत्ति थियो । तर त्यसपछि प्रहरीविरुद्ध अत्यधिक प्रतिक्रिया आए र यो व्यक्तिगत स्वतन्त्रताको मुद्दा बन्यो ।
अन्त्यमा अब फ्रान्सका गृहमन्त्रीले महिलाको समर्थन गर्नुपर्यो जसमा उनले महिलालाई कपडा लगाउन सल्लाह दिनु गलत भएको बताए । मन्त्री जेराल्ड डर्मेनले ट्वीट गरेर भने, ‘स्वतन्त्रता एक अमूल्य वस्तु हो ।’ एजेन्सी