महिला टपलेस हुन सक्छन् वा सक्दैनन्

136

भदौ ११,
फ्रान्समा केहि दिन अघि केही महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाई (टपलेस) समुद्र तटमा सुतेको विषयले व्यापक चर्चा बटुलेको छ । यो विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिनु परेको छ । वास्तवमा अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई केही प्रहरीले आफ्नो शरीर ढाक्न भनेका थिए ।

प्रहरीले यो कदम एक परिवारको ऊजुरी पछि उठाएको थियो जसलाई महिला टपलेस हुनुमा आपत्ति थियो । तर त्यसपछि प्रहरीविरुद्ध अत्यधिक प्रतिक्रिया आए र यो व्यक्तिगत स्वतन्त्रताको मुद्दा बन्यो ।
अन्त्यमा अब फ्रान्सका गृहमन्त्रीले महिलाको समर्थन गर्नुपर्यो जसमा उनले महिलालाई कपडा लगाउन सल्लाह दिनु गलत भएको बताए । मन्त्री जेराल्ड डर्मेनले ट्वीट गरेर भने, ‘स्वतन्त्रता एक अमूल्य वस्तु हो ।’ एजेन्सी