कुलमान घिसिङकाबारे ‘करिश्माले फेसबुक’मा यस्तो लेखिन

220

भदौ ९,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सर्मथनमा सामाजिक संजालमा पोष्ट गरेकी छिन् । नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन्– ‘थोरै आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् । । कुलमान घिसिङ फेरि चाहिन्छ ।’https://www.facebook.com/ActressKarishmaManandhar

कुलमानको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् । भित्रिरुपमा जति नै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट उठाउन थालेका छन् । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने काम कुलमानले गरेका थिए ।