कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने, सूचना सहित

307

साउन २१,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षा विद्यालय नै गर्ने भएपपछि बोर्डले शुल्क फिर्ता लिने निर्णय गरेको हो । परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए । अब २ सय कटाएर ४ सय फिर्ता गर्ने बोर्डले जनाएको छ । उक्त शुल्क १२ को वार्षिक परीक्षामा समायोजन गरिने भएको छ ।