साउन २५,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेता नेपालले आइतबार अपराह्न ट्विट गर्दै भारतीय विदेशमन्त्रीले गौतम बुद्धको जन्मस्थानबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन रहेको समेत नेता नेपालको भनाई छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै 'वुद्ध नेपालमा जन्मिएका हुन्' भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु
— Madhav Kumar Nepal (@ncp_madhavnepal) August 9, 2020