‘ज्योतिष’ अर्जुन क्षत्री जेल चलान

326

साउन २३,
काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस्तै क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १र१ लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए । त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् । गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।