सिटौला बनिन् सांसद

साउन १२,
काठमाडौं । समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो । सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएको भएपनि सर्वोच्चले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।