इन्जिनियर र सव–इन्जिनियर अख्तियारको नियन्त्रणमा 

459

साउन ९,
लमजुङ । लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीकाप्रसाद गुरुङलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय लमजुङको सहयोगमा दुवै जनालाई बेशीसहर बजारबाट नियन्त्रणमा लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा रहेका उनीहरुले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट जनही ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीपरेपछि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।