Sunday, September 27, 2026
Home समाचार मण्डनदेउपुरको हलेदेमा पहिरोः सात घर जोखिममा, विद्युत सेवा बन्द, तस्विरमा हेरौं

मण्डनदेउपुरको हलेदेमा पहिरोः सात घर जोखिममा, विद्युत सेवा बन्द, तस्विरमा हेरौं

1426

साउन ५,
काभ्रे । केहि दिन यता लगातार परेको झरीका कारण मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ हलेदेमा पहिरो गएको छ । हलेदेको बस्ताकोटी टोलमा पहिरोका कारण ७ घर जोखिममा परेकाले उनीहरुलाई अन्यत्र सारिएको स्थानीय मनोज बस्ताकोटीले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।
सडकको डिल भासिएर पहिरो जादाँ गाडिएको विद्युलपोल ढलेको कारण विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेको कारण हलेदे, चुरिथुम्का, गिरधेरेका करिब २ सय भन्दा धेरै घरमा प्रशारण हुदैं आएको विद्युत लाइन बन्द भएको सोही वडाका वडासदस्य रामप्रसाद ढकाले जानकारी दिएका छन् ।
वडा सदस्य ढकालले भने ‘स्थानीय सडकहरु अवरुद्ध भएका छन्, दर्जनौं स्थानमा पहिरो गएको छ, ।’