आफ्नै घरका सदस्यबाट असुरक्षित हुदैं छ मानिस

163

हेमराज ढकाल
भक्तपुर । २०७३ साल असार ३० गते भक्तपुरकोसल्लाघारी एक पुरुषले घनले हानेर श्रीमतीको हत्या गरे । २५ वर्षीया दिपा ढकाल कार्कीलाई उनका श्रीमान बिजय कार्कीघनले टाउकोमा हानेर हत्या गरे । केही समयको प्रेमपछि विवाह गरेका यो जोडीको एउटा बच्चा समेत थियो । पछिल्लो समय भक्तपुरमा परिवारकै सदस्यबाट कोही अर्को सदस्यको हत्या हुनेक्रम रोकिएको छैन् ।
२०७५ साल जेठ यतामात्र भक्तपुर यस्ता तीन अपराधका घटना भए जुन सुन्दैमा सबैको त्रासको भावना पैदा गर्ने खालको छ ।
अब मानिस आफ्नै घरभित्र सुरक्षित छैन् भने कहाँ सुरक्षित हुन्छ ?भन्ने प्रश्न उठ्न थालेको छ ।
जेठ २५ भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीआफ्नै श्रीमतीको हत्या गरे ।

उनले क्षणिक आवेगमा आएर विभत्स तरिकाबाट सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरे । केही समय विदेश बसेका आएर उमेश र श्रीमतीको दैनिक जस्तो झगडा हुने गरेको छिमेकीहरुको भनाई थियो । तर उनले यो हदसम्म गएर अपराध गर्दछन भन्ने कसैले सोचेको थिइन् ।
बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भयो । श्रीमतीको हत्या पछि फरार उमेशलाई प्रहरीले केही दिनपछि पक्राय ग¥यो । आमाको हत्यापछि बाबु जेल गएपछि छोराछोरीलाई अरुको साहरा चाहिने भयो । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

माथिल्लो घटना भएको दुई दिनपछि जेठ २७ गते भक्तपुर त्यस्तै विछिप्त घटना भयो । एक जना क्रुर्र पिताले छोराको हत्या गरे ।
चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले १२ वर्षीय छोरा प्रतिकको हत्या गरे । भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भयो ।
पारिवारीक झगडामा उनले छुरा हानेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मंगलबार राती मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् ।गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाई हत्या गरे ।
उनले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताए ।
छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ । माथिका चार घटना उदाहरण मात्र हुन् । नेपाली सामाजमा यस्तो प्रकृतिको अपराधमा वृद्धि भएसंगै परिवारका सदस्यबीच नै विश्वासको संकट पैदा हुने अवस्था आएको छ । सामान्य विवादलाई समाधान गर्न नसक्दा र आर्थिक अभाव, बेरोजगारी समस्याले गर्दा अपराध हुने गरेको विज्ञहरु बताउछन् । यस्ता खालका अपराध न्युनिकरणमा समाजका सबै क्षेत्रले ध्यान दिनु पर्ने देखिन्छ ।