Friday, September 25, 2026
Home समाचार धन कमाउन परदेश गएका नेपाली बाकसमा आए, नामावली सहित

धन कमाउन परदेश गएका नेपाली बाकसमा आए, नामावली सहित

721

असार ५,
काठमाडौं । धन कमाउन भनेर परदेश गएका २४ जना नेपालीहर बाकशमा आएका छन् । शुक्रबार विभिन्न पाँच देशमा मृत्यु भएका उनीहरुको शव नेपाल ल्याइएको हो । जसमा साउदी, यूएई, कुवेत र कतारबाट पनि ४९५ जना नेपाली स्वदेश फर्किएका छन् । माल्दिभ्सबाट १५६ जनासहित आज मात्रै वैदेशिक रोजगारीमा गएका र कोरोनाको कारण समस्यामा परेका ६५१ जना नेपाली स्वदेश फर्किएका हुन् ।
त्यस्तै कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि रोकिएका शव कतारबाट एकैपटक आइपुगेको छ । कुवेतबाट २, साउदीबाट १ र यूएईबाट एक गरी आज मात्रै २४ जना नेपालीको शव ल्याइएको छ । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट बीस, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको हो ।

मृतकहरूको नामावली यप प्रकार छः

कतारबाट

१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदीबाट

१.भैरब बहादुर बस्नेत

कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा

युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु