कोरियामा अलपत्र नेपालीः दूतावासको पत्रले झन् अन्योलमा

288

जेठ ३२, काठमाडौं । नेपाल सरकारले हालसम्म पनि कोरियामा अलपत्र परेका नेपालीहरुबारे चासो दिएको छैन् । हालै राजदूतावासले सूचना जारी गरेसँगै अलपत्र रहेका नेपालीमा झन् अन्यौलता देखिएको छ । अवधि सकिएर अलपत्र परेका सुवास ढकालका अनुसार नेपाली दूतावासमा धर्ना दिँदा पनि दूतावासले केही सुनुवाई गरेको छैन् । दूतावास र सम्बन्धित निकायले पहल नगर्दिँदा हामी समस्यामा परेका छौं, ढकालले नयाँ नेपाल न्यूजसंग भने ।

सरकारले कोरियामा अलपत्र परेका नेपालीहरुको नेपाल एयरलाइन्सबाट उद्दार गर्ने निर्णयले झनै समस्या भएको छ । इपीएस कामदार फेरि मारमा परेका हुन् । ‘राजदूतावासले सरकारले निर्धारित प्राथमिकताको आधारमा लैजाने हुँदा राजदूतावासलाई त्यसको सूचना प्राप्त भएपश्चात सोही बमोजिम हवाई टिकट, स्वास्थ्य परीक्षण लगायतको आवश्यक तयारीका लागि सम्बन्धित व्यक्तिहरुलाई अग्रिम जानकारी गराइने र सूचना समेत राखिने हुँदा यस विषयमा बारम्बार फोन र मेसेज गरिरहुन नपर्ने व्यहोरा जानकारी गराइन्छ’ राजदूतावासले सूचना जारी गर्दै भनेको छ । राजदूतावासले यो सूचना जारी गरेसँगै अलपत्र रहेका नेपालीमा अन्यौल बढेको छ ।

लकडाउनको कारण कोरियामा भिसा अवधि सकिएर अलपत्र परेका नेपालीले निरन्तर उद्दारका लागि माग गरिरहेका छन् । आगामी १६ र २० तारिकमा कोरियामा अलपत्र नेपालीको कोरियन एयरबाट उद्दार गर्ने भनिएको थियो । तर, उक्त विषयबारे कोरियाको सिओल शहरस्थित रहेको राजदूतावासले कुनै जानकारी नभएको बताएको छ ।