भक्तपुरको क्वाछेँमा रक्तदान सम्पन्न

213

जेठ ३२,
भक्तपुर । लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा भक्तपुर नगरपालिका वडा नं.५ क्वाछेँ टोलमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । शनिबार बिहान क्वाछेँ टोलमा करिव ८ः३० बजे देखि १०ः३० बजे सम्म २ घण्टा सम्म भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लव अफ भक्तपुर भैरबका अध्यक्ष श्रीचरण अमात्यले बताउनु भयो । उहाँका अनुसार लकडाउनको समय त्यसमा पनि धान रोपाईको समयमा रक्तदान गर्ने दाताहरु कम हुने हुनाले रक्त संचार केन्द्रमा रगतको अभाव नहोस् भनी सक्तदान कार्यक्रम आयोजना गरेको हो ।