काभ्रेका ५ जनामा कोरोना संक्रमण

260

जेठ २३, काभ्रे । काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।
यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिया गर्न आएकी थिइन् । -newsofnepal