चाँगुनारायणमा ५५ जनाद्धारा रक्तदान

226

जेठ २३,
भक्तपुर । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेको कार्यक्रमका आयोजकले जानकारी दिएको छ । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चागुनारायण नगरपालिका–६ स्थित गितामन्दिर प्रांगण नगरकोट फेदिमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम हुने गरी रक्तदान गरिएको हो ।