Tuesday, September 22, 2026
Home समाचार आज २२६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १७९८ जनालाई कोरोना

आज २२६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १७९८ जनालाई कोरोना

228
सांकेतिक तस्विर

जेठ १९,
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।