ज्ञानबहादुरको कोखामा खुकुरी छिरेपछि

186

जेठ १९,
सिन्धुपाल्चोक । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको.त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ सुनकोशी बस्ने वर्ष ५० वर्षका ज्ञान बहादुर श्रेष्ठ सोमबार घरबाट तरकारी खेतीकोलागि टनेल बनाउन भन्दै वाँसको झ्याङ्मा गएका थिए ।
बाँस काट्ने क्रममा चिप्लेर लड्न गई आफैले बोकेको खुकुरी उनको वाँया कोखाको छेउमा रोपिएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका डीएसपी मावध प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
उनका जेठो छोरा अनिल श्रेष्ठले बोलाँउदै जाँदा घाईते अवस्थामा फेलापारी गाँउका अन्य मानिसहरु समेतलाई बोलाई उपचारकोलागि प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा ल्याएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा उपचारको क्रममा श्रेष्ठको सोमबार करिब १२ बजे मृत्यु भएको र यस घटना बारेमा थप अनुसन्धान भईरहेको डीएसपी काफ्लेले बताएका छन् ।